SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/७ गते
    २४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् । राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई

    रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् ।म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ ।

    निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गरेका छन् । उनका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । मनमाया गीतले सबैको मन छुनेमा उनी आशावादी छन् ।

    कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गरे । मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उनको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उनले बताए ।

    गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताए । मनमायाको अडियो देखि भिडियो सम्मको तारिफ गर्दै पोखराका सिर्जनालाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् ।

    चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताए । गीतको मर्मानुसारको कथा प्रस्तुत भएको र कलाकारको अभिनय समेत तारिफयोग्य रहेको भनाई उनको छ । गीतमा मौलिकता हुँदा समय सान्दर्भिक सिर्जना प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् । मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं