SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/६ गते
    ४०८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् ।

    मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्त्वाकाङ्क्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यही बोलेको आरोप लगाएको पनि उनले बताएका छन् ।

    रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भए पनि रोजगारी, आम्दानी नभएका तथा बिपन्न परिवारका व्यक्तिहरूले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे ।

    पर्वत अस्पतालबारेको प्रसङ्गमा बोल्दै मन्त्री पौडेलले व्यवस्थापन र सरसफाइ निकै राम्रो लागेको प्रतिक्रिया दिए । सरकाले नै लगानी गरेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भन्दै उनले जिल्लाको एक मात्र ठुलो अस्पताल भएकोले ५० शय्यामा सुविधाहरू सहित चल्नुपर्ने बताए । पर्वतका बिरामीहरू उपचारको खोजीमा पोखरा पुग्नुपर्ने अवस्था रहन नहुने भन्दै उनले त्यसका लागि आफूले सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालले भोगिरहेको समस्याहरूको बारेमा मन्त्री पौडेललाई जानकारी गराएका छन् । अस्पतालमा भेन्टिलेटर र आई।सि।यु सहितका सामग्रीहरू भए पनि आवश्यक जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको उनको भनाई छ । अस्पतालले प्रभावकारी सेवा दिइरहेकोले नागरिकको मन पनि जित्दै गइरहेको भन्दै अध्यक्ष गिरीले मन्त्रालयका तर्फबाट पनि थप पहल गरिदिन अनुरोध गरे ।

    गिरीकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदीले गरेका थिए । कार्यक्रममा प्रदेश साम्सद डिल्लीराम सुबेदी,स्वास्थ्य निर्देशनालयका प्रमुख खिमबहादुर खड्का, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि।क।, उपप्रमुख सोमबहादुर जि।सी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू सहित स्थानीयको पनि सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं