SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/४ गते
    १७५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा। पोखरा १ भैरव टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडिङ्ग स्कुलमा त्रि दिवशीय खेलकुद कार्यक्रम मंगलबार सम्पन्न भएको छ।विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको आज तेस्रो दिनको प्रतियोगिताहरु सम्पन्न भएका हुन् । जुनियर छात्र तर्फ बास्केटबल प्रतियोगिताको अन्तिम खेलमा पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । सिनियर छात्रातर्फ बास्केटबल प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् ।

    भने छात्र तर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । यस्तै घैँटो फुटाउने खेलमा जुनियर तर्फ कक्षा ५ की अदिती तिमिल्सिना र सिनियर तर्फ कक्षा ६ का सफल खड्का प्रथम भएका छन् ।

    टेबल टेनिस प्रतियोगितामा सफल थापा प्रथम, दिप्सन क्षेत्री द्वितीय र प्रज्वल मल्ल तृतीय भएका छन् । खेलकुद प्रतियोगितामा विद्यालयले विभिन्न तहगत रुपमा करिब २४ ओटा खेल आयोजना गरिएको थियो ।

    कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले खेलकुद कार्यक्रममा विद्यार्थीको उत्साह एवम् सहभागिता चाख लाग्दो रहेको बताउदै , यसले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास हुन सहयोग हुने बताए ।विजेता विद्यार्थीलाई आगामी पौष ४ गते हुने विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं