News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

    पोखरा । मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ । चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

    प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ ।

    प्रतियोगितामा सहभागीताको लागी टीम दर्ता शुल्क ५ हजार ५ सय रहेको र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म टीम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिता रानीपौवा स्पोर्टस सेन्टरमा हुने छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ