
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत् निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् ।
https://youtu.be/qYmb5HdkPhM?si=0ieNLOvhK0LNQhEo
यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् । नवनिर्वाचित अध्यक्ष कुँवरले विधानानुसार दुई जना सदस्यहरु गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनित गरे । निवर्तमान अध्यक्ष दुधमान गुरुङ (आशिष) स्वतः कार्यसमितिमा रहन्छन् ।
https://youtu.be/qYmb5HdkPhM?si=0ieNLOvhK0LNQhEo
युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा एकनारायण चापागाईं र प्रकाशमान सिंह भण्डारी रहेका थिए ।नवनिर्वाचित अध्यक्ष कुँवर यसअघि संस्थाका प्रथम उपाध्यक्ष थिए । क्यान कास्कीमा १२ वर्ष बढी निरन्तर क्रियाशील कुँवर पोखराको न्यूरोड स्थित कस्मिक कम्प्युटिङ सोलुशन एवं कस्मिक एकेडेमीका सञ्चालक हुन् ।
सूचना प्रविधिको क्षेत्रमा कुँवर दुई दशकदेखि संलग्न परिचित नाम हुन् । कास्की अन्नपूर्ण–१ निवासी कुँवर पोखरामै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवद्र्धनमा सक्रिय छन् ।यसअघि, संस्थाको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको शनिबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । उनले क्यान कास्कीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
https://youtu.be/qYmb5HdkPhM?si=0ieNLOvhK0LNQhEo
उद्घाटन समारोहमा संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय प्रतिनिधि चिन्तामणि बास्तोला, पोउवा संघका उपमहासचिव सुदीप प्रधनाङ्ग, पूर्व अध्यक्षका तर्फबाट गुणानिधी पाण्डेले बोलेका थिए ।साधारणसभाको बन्दसत्रमा सचिव महेन्द्र भुर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए ।
https://youtu.be/qYmb5HdkPhM?si=0ieNLOvhK0LNQhEo
२०६५ सालमा विधिवत् दर्ता भएको क्यान कास्कीको नेतृत्व जगनबहादुर गुरुङ, इबिन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधी पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र दुधमान गुरुङ (आशिष) ले सम्हालिसकेका छन् ।
https://youtu.be/qYmb5HdkPhM?si=0ieNLOvhK0LNQhEo


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया