SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१ गते
    १५८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=vxRDgwxO9eVvUiKq

    “ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उनले भने । मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए । उनले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=vxRDgwxO9eVvUiKq

    विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन् । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफुु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उनको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उनको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vxRDgwxO9eVvUiKq

    कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उनको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vxRDgwxO9eVvUiKq

    क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदुतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गरे । क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए भने स्वागत विजय शर्माले गरेका थिए । क्याम्पसले उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=vxRDgwxO9eVvUiKq

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं