SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१ गते
    १६० &#२३४६;&#२३३५;&#२३२५;

    कास्की ।मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरी ९ विद्यालयलाई कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगाएतको शैक्षिक सामग्री वितरण गरेको छ । जसमा निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामाग्री, प्रगतिशिल मावि सल्यान, सृजना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान गरिएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए । त्यस्तै विन्देश्वरी मावि पोखरा, भुमेश्वर मावि धिताल र धारापानी मावि अन्नपूर्णलाई पुस्तकालयका लागि पुस्तक वितरण गरियो भने सल्यानको प्रगतिशिल माविलाई प्रिन्टर हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    कार्यक्रमको उत्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका बालबालिका भोलीको राष्ट्र निर्माणका लागि मानव पूजी भएकाले विद्यालय पुराउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा परिकल्पनाकार डा. राम गिरीले उद्देश्य ठुलो लिनुपर्ने र सफलताको सुत्र भनेकै निरन्तर त्यसैमा लागी रहनुपर्ने सुझाए । ‘विगत २५ वर्षदेखि विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा आभारी छु ।’ –डा. गिरीले भने ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    कार्यक्रममा प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिएभने प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले स्वागत र कोषाध्यक्ष अनील लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी, निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरी, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष नारायण प्रसाद पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । पछिल्लो ४ वर्षमा कास्कीको शिक्षा क्षेत्रमा मात्रै २५ लाखभन्दा बढी सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं