
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
कास्की ।मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ
प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरी ९ विद्यालयलाई कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगाएतको शैक्षिक सामग्री वितरण गरेको छ । जसमा निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामाग्री, प्रगतिशिल मावि सल्यान, सृजना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान गरिएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए । त्यस्तै विन्देश्वरी मावि पोखरा, भुमेश्वर मावि धिताल र धारापानी मावि अन्नपूर्णलाई पुस्तकालयका लागि पुस्तक वितरण गरियो भने सल्यानको प्रगतिशिल माविलाई प्रिन्टर हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ
कार्यक्रमको उत्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका बालबालिका भोलीको राष्ट्र निर्माणका लागि मानव पूजी भएकाले विद्यालय पुराउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ
कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा परिकल्पनाकार डा. राम गिरीले उद्देश्य ठुलो लिनुपर्ने र सफलताको सुत्र भनेकै निरन्तर त्यसैमा लागी रहनुपर्ने सुझाए । ‘विगत २५ वर्षदेखि विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा आभारी छु ।’ –डा. गिरीले भने ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ
कार्यक्रममा प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिएभने प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले स्वागत र कोषाध्यक्ष अनील लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी, निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरी, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष नारायण प्रसाद पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ
मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । पछिल्लो ४ वर्षमा कास्कीको शिक्षा क्षेत्रमा मात्रै २५ लाखभन्दा बढी सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=PuVkFw-ljYD1eEnJ


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया