SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/३० गते
    १५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान चलाउन जरुरी रहेको बताएका छन् । आज (शुक्रबार) सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका हुन् ।

    प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मिटरव्याज पीडितहरुको पक्षमा कानुन बनाएको, नागरिकताविहीन युवाहरुलाई नागरिकता प्रदान गर्न ऐन ल्याएको, सामाजिक सुरक्षा कोषमार्फत सामाजिक न्यायको प्रत्याभूत जनतालाई गराउन प्रयास गरेको, आर्थिक संकटबाट देशलाई विस्तारै आर्थिक सहजतातिर लाने प्रयास गरेको बताए ।

    भ्रष्टाचारविरुद्धको अभियान एउटा प्रधानमन्त्री, गृहमन्त्री र सरकारले मात्रै गरेर हुने बताउँदै उनले भने, ‘म के भन्न चाहन्छु भने– भ्रष्टाचारविरुद्धको अभियान अब हामीले एउटा प्रधानमन्त्री, गृहमन्त्री र एउटा सरकारले मात्रै गरेर हुने कुरा छैन । भ्रष्टाचारको विरुद्ध नयाँ अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ । म त्यसको नेतृत्व गर्न तयार छु । तपाईँहरु सबैको साथ सहयोग आवश्यक छ । त्यो भ्रष्टाचारविरोधी अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिनुपर्छ ।’

    उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेता रहेको र देशमा देखापरेको विकृति र विसंगति खासगरी भ्रष्टाचारलाई निर्मूल गर्नुपर्छ भन्ने संकल्पसहित काम गरेको बताए । उनले राज्यमा सामाजिक न्याय चाहिने र सामाजिक विभेदको अन्त्य गर्नेतिर राज्यले कदम चाल्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं