SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/३० गते
    १७७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ ।कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको उल्लेख गर्नुभयो ।

    संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको बताउँदै उहाँले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने बताउनुभयो ।

    ‘बालबालिकाको हातमा कुटो कोदालो होइन, कलम र किताब नै हुनु पर्दछ । यसका लागि परिवार, समाज, यस्ता संस्था र सिंगो राज्यको दायित्व रहनुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘ हाम्रो दायित्व बालबालिकालाई विद्यालयमा पुर्‍याउनु मात्र पनि होइन, सवै विद्यालयहरूलाई. बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो ।’

    उक्त समारोहमा प्रदेश प्रमुख भट्टले प्रतिष्ठानले २०५४ सालदेखि नै यहाँका विद्यालयहरूमा भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति प्रदान, प्रोजेक्टर, विज्ञान सामाग्री तथा कम्प्युटरलगायतका शैक्षिक सामाग्री सहयोग गरेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएकोमा प्रशंसा पनि गर्नुभयो ।

    प्रतिष्ठानले आज विभिन्न १० विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । आफ्नो गाउँठाउँमा शिक्षाको विकासका लागि प्रवासमै रहेर प्रतिष्ठानको परिकल्पना गरी जापानी विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा यो संस्था सुरु गरिएको थाहा पाउँदा खुशी लागेको भन्दै उहाँले परिकल्पनाकार डा. राम गिरीको अभियानलाई लामो समयसम्म साथ दिएर गाउँमा शिक्षाको उज्यालो फैलाउने सबैजना धन्यवादका पात्र रहेको उल्लेख गर्नुभयो ।

    डेढ दशक विभिन्न विद्यालयमा अध्यापन गराएर अहिलेसम्म पनि सुदूरका विभिन्न क्याम्पस तथा कलेजहरुलाई स्तरोन्नतिका लागि क्रियाशील रहेको बताउँदै भट्टले शिक्षा क्षेत्रको विकासले नै मुलुकको समृद्धि सम्भव रहने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं