SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२९ गते
    १२८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।बहराइनमा हुन गइरहेको डेविस कप टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडी अभिषेक बाँस्तोला बिहीबार काठमाडौँ प्रस्थान गरेका छन् । उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुज कुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् ।

    एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो प्रतियोगितामा भाग लिनेछन् । ३–३ राष्ट्रका ५ समूहका विजेताहरू बीच चरणबद्ध रुपमा प्रतिस्पर्धा गराइनेछ । नेपाली टोलीको कोचमा सन्तोष खत्री तथा टिम व्यवस्थापकमा गोपाल ज्ञवाली रहेको नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।

    त्यसैगरी महिलातर्फ नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनमै हुने बिलीजन कपमा भाग लिन नेपाली खेलाडीहरु अभिलाषा बिष्ट, सुनिरा थापा, स्वस्तिका बिष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धर पनि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं