
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

सुन्दरकुमार थकाली, जोमसोम। राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना अन्तर्गत कागबेनी—कोरलानाकासम्म कालोपत्रे सडक विस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष लिखित माग गरिएको छ ।
नेकपा एमाले मुस्ताङ—काठमान्डौं सम्पर्क मञ्चको नेतृत्वमा आईतबार अर्थ मन्त्रालयमा कोरला सडक अन्तर्गत कागबेनी—कोरला सडकलाई कालोपत्रे गर्न सरकारको ध्यानार्कषण गराईएको हो ।
एमाले मुस्ताङ—काठमान्डौं सम्पर्क मञ्चकी अध्यक्ष धनमाया रन्तेलासहित प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचन, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र एमाले मुस्ताङका उपसचिव सम्राट गौचन लगायतको टोलीले अर्थ मन्त्री पौडेललाई ४ बुँदे लिखित ध्यानार्कषण पत्र बुझाएको छ ।
एमाले ( मुस्ताङ—काठमान्डौं) सम्पर्क मञ्चद्वारा अर्थ मन्त्री पौडेललाई पेश गरिएको लिखित पत्रमा कोरलानाका जोड्ने कागबेनी—कोरला सडकलाई आवश्यक बजेट विनियोजन गरी कालोपत्रे योजना कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ ।
कोरला सडक अन्तर्गत जोमसोम—कोरला ७ खण्डको ग्राभेल ४ वर्षअघि नै सकिएको र त्यसपछि कालोपत्रेको नयाँ योजना कार्यान्वयमा आउन नसकेको अर्थ मन्त्री पौडेललाई टोलीले जानकारी दिएको छ । उत्तर—दक्षिण त्रिदेशीय ब्यापारिक मार्गको रुपमा रहेको कोरलानाका जोड्ने ग्राभेल सडक कालोपत्रे हुन नसक्दा उपल्लो मुस्ताङ प्रस्थान गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई धुवा र धुलोले निकै सास्ती पुगेको पत्रमा उल्ल्ेख गरिएको छ ।
‘आर्शिक काम बाहेक कोरलासम्मको ७ वटै खण्ड ग्राभेल भईसकेको छ, त्यसपछि उक्त सडकलाई समृद्ध तुल्याउन कालोपत्रेको योजना थपिएको छैन ,सम्पर्क मञ्चको पत्रमा लेखिएको छ,‘ कोरलानाकासम्म कालोपत्रे पुरा भएमा पर्यटक तथा अन्य ब्यापारिक प्रयोजनमा जानेलाई सहज हुन्थ्यो, यसका लागि यथाशीघ्र बजेट विनियोजन होस् ।’
सम्पर्क मञ्चले नेपाल—चीनको सीमानाका कोरलामा आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न अर्थ मन्त्री पौडेल समक्ष माग गरिएको छ । चीनतर्फ ठुला ठुला ब्यापारिक प्रतिष्ठानका साथै सरकारी भौतिक संरचना निर्माण गरिसकेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ,‘ हाम्रोतर्फबाट कोरलानाकामा भन्सार,अध्यागन,एकिकृत सुरक्षा पोस्ट,सुख्खा बन्दरगाह लगायत ब्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको छ , यसका लागि सरकारले बजेट विनियोजनको व्यवस्था गरोस् ।’
यसैगरी मुस्ताङका नागरिकहरुलाई सहज रुपमा सीमापार ब्यापार गर्न बिगतमा जस्तै विशेष सहुलियतका साथै प्रवेश पास दिने व्यवस्था गरिदिन अर्थ मन्त्री पौडेलको ध्यानार्कष गराइएको हो । नेपाली उत्पादनका विभिन्न वस्तुहरुको तिब्बती बजारमा सहज रुपमा ब्यापार गर्न पाईने गरी ब्यवस्थापन गर्न सरकारकोतर्फ कुटनितिक पहल थाल्नुपर्नेमा टोलीले ज्ञापनपत्र मार्फत अर्थ मन्त्री पौडेललाई सुझाईएको छ ।
यस्तै एमाले मुस्ताङ—काठमान्डौ सम्पर्क मञ्चले कोरलानाका खुल्ला भएको १ वर्ष बितिसक्दासमेत सरकारले नाकामा खाद्य ,पेय र पशु क्वारेन्टाईन जस्ता अतिआवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गर्न नसकेको अर्थ मन्त्री पौडेललाई जनाएका छन् । नाकामा नेपाल पक्षबाट क्वारेन्टाईन नहुँदा नेपाल—चीन आयात निर्यातमा समेत प्रतिकुल असर पुगेरको यसले राजश्व संकलन समेत प्रभावित बनेको जनाईएको छ ।
सम्पर्क मञ्चले लिखित ध्यानार्कषण गराईपछि अर्थ मन्त्री पौडेल निकट भविष्यमै मुस्ताङ पुग्ने टोलीलाई जानकारी गराएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका रहेको छ, यसैले तत्कालै जानसक्ने अवस्था रहेन,अर्थ मन्त्री पौडेलको भनाई उदृत गर्दै प्रतिनिधि सभा सदस्य भट्टचनले भने, सम्मानीय प्रधानमन्त्रीको चीन भ्रमण सकिए लगत्तै मुस्ताङ जाने छु , सडक तथा कोरलानाको भौतिक संरचना लगायतका बिषयमा सरकारले पहल गर्नेछ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया