SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२६ गते
    ६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

    हिजोमात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सभापति लामिछानेलाई भेटेर बाहिरिने क्रममा उपसभापति वाग्लेले राजनीतिक दलहरुले प्रतिशोध साँधेको दाबी गरे । प्रतिशोधकै कारण लामिछानेलाई यति लामो समय हिरासतमा राखिएको उनले बताए ।

    राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको छ । हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं,’– उनले भने ।

    उपसभाति वाग्लेले सभापति लामिछानेलाई प्रतिशोध साँधेर हिरासतमा राखिँदा नागरिकमा रास्वपाप्रति सहानुभूति बढेको बताए । उनले अब रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने पनि सुनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा...

    सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

    अजय मिश्र,काठमाडौं। जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य...

    मिजौराम गोर्खा युवा संघ को ४७ औ अधिवेशन सम्पन्न

    रामप्रसाद घर्मेली । पूर्वोत्तर भारतको मिजौराम राज्यमा रहेका गोर्खालीहरुको छाता संगठन मिजौराम गोर्खा युवा संघको...

    नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

    पोखरा । नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल...

    भूपी काव्य पुरस्कार असफल गौतमलाई

    पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं