
१नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
२नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
३अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
४पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
५‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
६मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
७लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
८टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
९काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
१०कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
११देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
१२मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज (शनिबार) पोखरामा आज सम्पन्न भएको हो । संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
https://youtu.be/qYmb5HdkPhM?si=YVksiRmsEy-miTe7
सहकारीलाई जीवन्त, दिगो, बलियो र संस्थालाई अगाडि बढाउन सबैको भूमिका महत्वपूर्ण रहेको हुन्छ, अध्यक्ष कोइरालाले भनिन्, ‘सहकारीलाई जीवन्त बनाउन कुनै एक सञ्चालक, लेखा समिति, शेयर सदस्य, कर्मचारी र शेयर सदस्यहरुले आफ्नो भुमिका पूरा गर्न सके मात्र सहकारीलाई अगाडि बढाउन सकिन्छ । सहकारीलाई दिगो बनाउन सहकारी ऐन कानूनमा रहेर काम गर्न सके मात्र सहकारी दिगो रहन्छ ।’
https://youtu.be/qYmb5HdkPhM?si=YVksiRmsEy-miTe7
वर्तमान अवस्थामा केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीलाई अप्ठ्यारो पारेको उल्लेख गरिन् ।‘अहिले जनमानसमा सहकारी प्रति अविश्वास बढ्दै गएको छ । चोकचोकका चिया पसलदेखि चौतारासम्म सहकारीका कुराहरु हुन्छन्’, उनले भनिन्, ‘वर्तमान अवस्थामा केही सहकारीमा देखा परेका समस्याका कारण सहकारी नियम कानुनमा रहेर चलेका सहकारीमासमेत त्यसको असर देखिएको छ ।’
https://youtu.be/qYmb5HdkPhM?si=YVksiRmsEy-miTe7
उनले केही गलत मनशाय राखेर सञ्चालन गरिएका सहकारी र स्वार्थी व्यक्तिहरुले सहकारीको ऋण तिर्न पर्दैन भन्ने गलत भाष्यका कारण सहकारीहरु समस्यामा परेको धारणा राखिन् । सहकारीले आम्दानीलाई उत्पादनशिल क्षेत्रमा लगानी गरेर स्वारोजगार कामलाई अगाडि बढाउन समेत सुझाव दिइन् । शेयर सदस्य धर्मराज पन्थीले सरकारले अहिले सहकारीलाई समस्या ग्रष्ट र समस्यामा परेका दुवै सहकारीलाई एउटै बाकसमा राख्दा समस्या देखिएको बताए ।
https://youtu.be/qYmb5HdkPhM?si=YVksiRmsEy-miTe7
‘अहिले सहकारीलाई सरकारले दुई भागमा वर्गिकरण गरेको छ, समस्या ग्रष्ट सहकारी र समस्यामा परेका सहकारी भनेर छुट्टाएको छ, शेयर सदस्य पन्थीले भने, ‘सरकारले समस्या ग्रष्ट सहकारी र समस्यामा परेका सहकारीलाई एउटै बाकसमा राखिएको छ जसका कारण समस्या समाधानमा कठिनाई देखिएको छ ।’ उनले संस्थामा गलत व्यक्तिहरु हाबी हुँदा सहकारीहरुमा समस्या देखिएको भएपनि हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थामा त्यो अवस्था नरहेको उल्लेख गरेका थिए ।
उत्कृष्ट कर्मचारी, शेयर सदस्य र विद्यार्थी सम्मानित
संस्थाको १५ औं वार्षिक साधारणको अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले एसइई एवम् विभिन्न तहको परिक्षामा उत्कृष्ट अङ्क लिएर पास हुने कृति लामिछाने दृश्य पन्थी, सुजन ढकाल, पुजा विक, दिपिका कुमारी शर्मा, निश्चल कार्की, गोविन्दनाथ योगी, आयुष तिवारी, अनुपम रिजाल, कपिल दाहाल, सृजना अधिकारी क्षेत्री, प्रतिभा अधिकारी , जेनिशा मल्ल, सुरक्षा दाहाल, जिया राना, राहुल शर्मा, सुवेक्षा भण्डारी, सम्रात गुरुङ सम्मानित भए ।
https://youtu.be/qYmb5HdkPhM?si=YVksiRmsEy-miTe7
यस्तै उत्कृष्ट बालबच्चातर्फ इशा पाण्डे, मोतिकला राई, सिमम तामाङ, कमला नेपाली उत्कृष्ट कारोबारीतर्फ कमला नेपाली, संहा शाह, धनकुमारी पोखरेल, उत्कृष्ट कर्मचारीतर्फ संस्थाका कर्जा व्यवस्थापक नारायण अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका–४ का वडाध्यक्ष एवम् हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद सापकोटा, युवा व्यवसायी किसान सुनार, निवर्तमान अध्यक्ष शुक्रराज कँडेल, सल्लाहकार भोजबहादुर सुवेदी लगायतले बोलेका थिए ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर विश्वकर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, सचिव मनोज रसाईलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
संस्थाको अध्यक्षमा दोहोरिए तिमिल्सिना
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवम् छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना दोहोरिएका छन् । पोखरामा शनिबार सम्पन्न भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाईली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए । यस्तै सदस्यहरुमा शान्ता देवकोटा, हरि प्रसाद न्योपाने, सूर्य श्रेष्ठ, बाबुराम आचार्य र रिता प्रधान चुनिए । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोकर्ण कार्की, सदस्यहरुमा कृष्णबहादुर लम्साल र श्रीराम आचार्य चयन भएका छन् ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया