
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन् ।
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे । पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बसिसकेका उनले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन् । सायमीले पचासको दशकमा ‘सिमाना’लगायतका चर्चित चलचित्रहरु निर्माण गरेका थिए । पछि रेडियो कर्ममा लागेपछि उनले चलचित्र निर्माणबाट विश्राम लिए । तिनै सायमीले करीब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै भने,‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोहि चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केहि विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्र्तक्रियात्मक सम्वाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे । बायोपिक पुस्तकमा आंशिक सत्यतामात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने,‘अरुको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकमा उहाँको ९९ प्रतिशत सत्य छ ।’ पुस्तकमा उनले नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उहाँको श्रीमती पेमलाले नारायणगोपालको मृत्यूपश्चात आफ्नै श्रीमानले गाएको गीतपनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषयहरुपनि समावेश गरिएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताए । पेमलासँगको विहेपछि सिधै पोखरा आएको, कवि भुपी शेरचनसँगको निकटतालगायतका कारणलेपनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उनको दाबी छ । पोखरामा गरिएको पुस्तक विमोचन आफ्नो गृह विमोचन भएको बताए । साठीको दशकको अन्त्यतिर पोखरामा एफएमको स्टेशन म्यानेजर भएर आएका उनले स्मृति ताजगी गर्दै भने,‘पोखरासँग मेरो छुट्टै अट्याचमेन्ट छ । म पोखरा आएर झनै अग्लिएँ । थप स्थापित भएँ अनि न्यानो माया पाएँ ।’
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । उनले भने,‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो ।’
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए । उनले भने,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ ।’
बरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताईन् । त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक रहेको भन्दै उनले भनिन्,‘उहाँको कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ ।’ उनले सायमीलाई पोखरेली भन्न मन लाग्ने र पोखरेली भन्दा गर्व लाग्नेपनि बताईन् ।
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc
कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतलेपनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।सिटीजन फर्निचर प्रालि न्यूरोड पोखराको सहयोगमा भएको कार्यक्रमको शुरु र अन्त्यमा पोखरेली गायक रामभक्त जोजिजुले स्वरसम्राट नारायणगोपालप्रति ट्रिब्यूट दिएर गरिएको कार्यक्रमको सञ्चालन एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सञ्चालक दीपेन्द्र श्रेष्ठले र एभरेस्ट मिडिया हाउसकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङ धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेकी थिईन् ।
https://youtu.be/qYmb5HdkPhM?si=qRMeUlADNlq3K4uc


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया