SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२४ गते
    १७० &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा। पोखरा महानगरपालिका वडा नं १९ घार्मीका एक युवा एक सातादेखि बेपत्ता भएका छन्। घार्मीका ३३ वर्षिय विरेन्द्र विश्वकर्मा तिहारको भाइटिकाको दिन साँझ देखि वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। साँझ लामाचौर चोकबाट हराएका उनको हालसम्म पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

    छोरा हराए देखि आइत बहादुर र सुनकुमारीको परिवार चिन्तामा परेकाे छ । हराएकै दिनदेखि छरछिमेक, ईष्टमित्र जहाँ तहि खोजी गर्दा पनि नभेटिए पछि वडा कार्यालयमा समेत निवेदन दिईएको र वडा प्रहरी कार्यालय बगरमा पनि जानकारी गराईएको आमा सुनकुमारी विस्वकर्माले बताईन् ।

    परिवार र छरछिमेकीले पोखराका विभिन्न ठाउँमा खोजिरहेको र प्रहरीले पनि खोजीकार्य तिव्र बनाए पनि युवकको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको छिमेकी हिमलाल पौडेल अभिषेकले जानकारी दिए। नियमित रूपले औषधी सेवन गर्दै आइरहेका ति युवा मानसिक स्वास्थ्यमा समस्या रहेको बताईएको छ।

    गहुँगोरो वर्णका, चेक सटमा रातो ज्याकेट र कालो टाउजर लगाएका ति युवालाई देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८२९१५८६२६ मा वा वडा कार्यालयमा खबर गरिदिन परिवार र वडा कार्यालयले आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं