SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२३ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोेरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा शोभा विश्वकर्मा, सहससचिवमा सुनु तामाङ, कोषाध्यक्षमा उर्मिला भुजेल र सदस्यहरुमा देबु वस्याल, शशी आले, विन्दु केसी, सविना राना, सावित्री बराल, विष्णु पहारी र विजय बराल सर्बसम्मत चयन भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्दै नेपाली जनताले पहिले भन्दा धेरै अधिकार पाएको वताउँदै प्रेदश सरकारलाई केन्द्रबाट आउने वजेटको कारण जनतालाई प्रदेश सरकारले काम गरे जस्तो नलागेको वताए ।संबिधान सभा सदस्य बिन्दा रानाले संस्था स्थापना काल देखि हालसम्मको बिकासको बारेमा जानकारी दिदै भवनमा धेरै काम गर्नुपर्ने भएकोले आफ्नो परिवारको तर्फबाट खानेपानी टंकी र टंकी राख्ने स्टाण्ड बनाइदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

    उक्त अवसरमा दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, पोखरा १७ का वडा सदस्य बिक्रम गुरुङ, नेपाली काँग्रेस वडा नं १७ का सभापति देवराज आचाय, भयरथान टोल बिकास संस्थाका अध्यक्ष सुरज प्रकाश भुजेल, सिद्धार्थ राजमार्ग आमा समुह अध्यक्ष दुर्गा बराल, समाजसेवी चिन्तामणि शमाृ लगाएतले वोलेका थिए ।

    केन्द्रकी सचिव मन कुमारी गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा बिश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष माया गुरुङलगायत संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।संस्थाकी अध्यक्ष साबित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मनकुमारी गुरुङले गरेकी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं