
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
शिशिर उजाड पोखरा । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २÷२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ ।सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF
विहीवार पोखरामा क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह,शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, संस्थापक यादवचन्द्र देवकोटा,पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ,ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र पुर्व सांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदिश पुनलाई अर्पण गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF
सो पुरस्कार यसअघि उद्योगपति गणेश वहादुर श्रेष्ठ, तेज वहादुर गुरुङ, लायन स्व. गोविन्द वहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदय वहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरियो ।सो पुरस्कार संस्थापक गणेशवहादुर थापा र विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । हिमालय क्लवले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिएको क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो । ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF
त्यस्तै नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार यस वर्ष चमेरी गुफा कृषक समुहलाई प्रदान गरिएको छ ।समुहलाई संस्थापक कृष्णप्रसाद अधिकारी, प्रभा कोईराला,सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना र संयोजक प्रकाश थापाले नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीले मानविय सेवाले नै मानव सभ्यताको पहिचान हुने वताउँदै, क्लवले गरेको कार्य प्रशंसनिय रहेको वताउँनुभयो ।कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम पोखरा शाखाका प्रमुख सदिश पुनले मानव सेवाको क्षेत्रमा आफ्नो संस्था सदैव लागिरहने वताउदै, यस्ता सम्मानले थप उर्जा थपिएको वताउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF
क्लवका अध्यक्ष मोहन वहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव तुलवहादुर वस्नेतले गर्नुभएको थियो ।कार्यक्रममा क्षेत्री समाज पोखरा १६ का एन्जिला थापा र अपिशा थापाले नृत्य, रेशम वस्नेतको गायन, राष्ट्रिय परोपकार महासंघले भजन चुड्का, हिमालय योग साधना केन्द्रले योग प्रस्तुती प्रर्दशन गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF
यसैविच क्लवले आयोजना गरेको २७ औं रक्तदान कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता सावित्री तिमिल्सीनालाई रक्त संचार केन्द्रका अर्जुन ज्ञवालीले व्लड व्याग हस्तान्तरण गरी शुरु भएको थियो । करिव ३ घण्टासम्म भएको कार्यक्रममा अधिर्काश नयाँ रक्तदाताले सहभागिता जनाएका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया