SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२२ गते
    १६६ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड पोखरा । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २÷२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ ।सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    विहीवार पोखरामा क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह,शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, संस्थापक यादवचन्द्र देवकोटा,पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ,ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र पुर्व सांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदिश पुनलाई अर्पण गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    सो पुरस्कार यसअघि उद्योगपति गणेश वहादुर श्रेष्ठ, तेज वहादुर गुरुङ, लायन स्व. गोविन्द वहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदय वहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरियो ।सो पुरस्कार संस्थापक गणेशवहादुर थापा र विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । हिमालय क्लवले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिएको क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो । ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    त्यस्तै नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार यस वर्ष चमेरी गुफा कृषक समुहलाई प्रदान गरिएको छ ।समुहलाई संस्थापक कृष्णप्रसाद अधिकारी, प्रभा कोईराला,सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना र संयोजक प्रकाश थापाले नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीले मानविय सेवाले नै मानव सभ्यताको पहिचान हुने वताउँदै, क्लवले गरेको कार्य प्रशंसनिय रहेको वताउँनुभयो ।कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम पोखरा शाखाका प्रमुख सदिश पुनले मानव सेवाको क्षेत्रमा आफ्नो संस्था सदैव लागिरहने वताउदै, यस्ता सम्मानले थप उर्जा थपिएको वताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    क्लवका अध्यक्ष मोहन वहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव तुलवहादुर वस्नेतले गर्नुभएको थियो ।कार्यक्रममा क्षेत्री समाज पोखरा १६ का एन्जिला थापा र अपिशा थापाले नृत्य, रेशम वस्नेतको गायन, राष्ट्रिय परोपकार महासंघले भजन चुड्का, हिमालय योग साधना केन्द्रले योग प्रस्तुती प्रर्दशन गरेका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    यसैविच क्लवले आयोजना गरेको २७ औं रक्तदान कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता सावित्री तिमिल्सीनालाई रक्त संचार केन्द्रका अर्जुन ज्ञवालीले व्लड व्याग हस्तान्तरण गरी शुरु भएको थियो । करिव ३ घण्टासम्म भएको कार्यक्रममा अधिर्काश नयाँ रक्तदाताले सहभागिता जनाएका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=7YcZ-xfyDQ3ETyaF

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं