SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२१ गते
    १४७ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा । एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गर्नुभएको छ ।

    आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश दिएको स्पष्ट पार्नुभयो ।अधिकारीले सानो रकमवाट अक्षयकोषको शुरुवात गरेको वताउँदै, कोषमा आगामी दिनमा थप सहयोग गरिने वताउनुभयो ।

    विद्याश्रममा ४७ जना आवाशिय रुपमा वस्दै आएको र १ सय ४८ जना अध्ययनरत रहेको प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकिय सचिव समेत रहेका अधिकारीले यस अघि आमाको स्मृतिमा महेन्द्र मावि घार्मीमा पनि अक्षयकोष स्थापना गर्नुका साथै ओमकारेश्वर महादेव मन्दिरमा भेटी वापत उठेको रकम सहयोग गर्नुभएको थियो ।

    पोखरा १९ घार्मी निवासी अधिकारीको गत असोज ४ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं