SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/१२ गते
    १४८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापना भएको क्लवले सचिवालय परिसरमा २८ वटा दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको सचिव तुलवहादुर वस्नेतले जानकारी दिए । स्थापना दिवसका दिन सोमवार क्लवले अस्वस्थ भई स्वास्थ्य लाभ गरिरहनु भएका संस्थापक सदस्य ज्ञानेन्द्र खड्कालाई सम्मान सहित स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

    खड्काको निवासमा पुगी संस्थापक अध्यक्ष तीर्थमान तामाङ, निवर्तमान अध्यक्ष सुशील वस्नेत र अध्यक्ष मोहन वहादुर थापाले ढाकाको टोपी, मायाको चिनो र वुके दिएर सम्मान गर्नुभयो ।त्यस अवसरमा क्लवका अध्यक्ष थापाले संस्थापकहरुको मेहनत र अभिभावकिय भुमिकाले संस्था यहाँसम्म आई पुगेको स्मरण गर्नुभयो ।

    क्लवले स्थापना दिवसको मुल कार्यक्रम भने आगामी २२ गते स्थानिय बाटुलेचौर खेल मैदानमा गर्ने गरी तयारी गरेको छ ।उक्त दिन २७ औं रक्तदान, शुभकामना आदान प्रदान तथा चियापान, समाजसेवा पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार, एकल महिला सहयोग हस्तान्तरण र विविध सांस्कृतिक कार्यक्रम गर्ने संयोजक प्रकाश थापाले जानकारी दिनुभयो। कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीको प्रमुख आतिथ्यतामा हुने वताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं