SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/८ गते
    १९० &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत गरेको छ।बिहीबार एक कार्यक्रमका बीच क्लवले सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी,कुमार श्रेष्ठ, गुरूदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ, चित्र वहादुर थापा, कानुनी सल्लाहकार शालिग्राम भट्टराई र पदेन सल्लाहकार वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई क्लवका पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सिना र निवर्तमान अध्यक्ष सुशील बस्नेतले खादा,बुके लगाएर स्वागत गर्नुभयो।

    कार्यक्रममा बोल्दै मानार्थ सदस्य वेनीवहादुर बस्नेतले समाज विकास र रूपान्तरणमा सामाजिक संघसंस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। क्लवका अध्यक्ष मोहन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँ, सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी लगायतले क्लवले आयोजना गर्ने हरेक कार्यक्रमलाई सफल बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रमको सञ्चालन सचिव तुल वहादुर वस्नेतले गरेका थिए। क्लवले स्थापना दिवसको अवसरमा यही कार्तिक २२ गते २७ औं रक्तदान, समाजसेवा र उत्कृष्ट कृषक पुरस्कार र एकल महिला सहयोग हस्तान्तरण साथमा विविध साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ।

    कार्तिक १२ गते स्थापना दिवसको दिन साँझ क्लव सचिवालयमा दिप प्रज्वलन गरिने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं