SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/६ गते
    १६५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ।

    सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारत बाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए।

    उक्त कुखुराको चल्ला नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कमपाउंड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको छ।

    सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध रूपमा भारत बाट नेपाल भात्रिने कपडा, चानी, मैदा, माछा, मोटरपार्टस, लगायत विभिन्न सामान आवश्यक कार्यवाही गरि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्थानीयले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं