SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/५ गते
    १५४ &#२३४६;&#२३३५;&#२३२५;

    रजनी तामाङ,कास्की। सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने नेपालको एक पदयात्राको आकर्षक बनेको छ हिमलुङ् हिमाल जुन हिमालमा पछिल्लो समय नेपाली तथा विदेशी पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य बनेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV

    हिमलुङ् हिमाल समुन्द्र सतहबाट (७१२६) मिटरको उचाईमा रहेको छ । सोही हिमलुङ् हिमालको आरोह गर्नका निमित्त रक्ष बहादुर योन्जन तामाङ् यूके बेलायतबाट नेपाल फर्किनुभएको छ । कास्की जिल्लाको माछापूच्छ्रे गाउंपालिका वडा नं. ९ सिदिङ गाउंमा जन्मिनुभएका रक्ष योन्जन हाल बेलायतलाई कर्मथलो बनाउंदै आउंनुभएको छ । पिता गणेश योन्जन तामाङ र माता इसमाया स्याङ्बो तामाङ्को कोखबाट जन्मिनुभएका छैटौं शन्तान हो । उहां १९ वर्ष ब्रिटिस आर्मिमा कार्यरत रहि हाल विभिन्न सघंसस्थामा आवद्द भई विशेषगरी समाजसेवामा लागि पर्नुभएको छ । त्यस्तै बुद्द धर्म प्रति पनि त्यत्तिनै आस्थावान हुनुहुन्छ ।

    https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV

    योन्जनले हिमलुङ् हिमाल आरोह गर्नको निमित्त सात महिना तालिम प्राप्त गर्नुभएको छ । उहांले बेलायतको अग्लो डांडां २ हजार देखि ३ हजार मिटर उचाई सम्म रहेको उक्त डांडां २४ घण्टामा १५ वटा डांडांहरुको पदयात्रा गरिसक्नुभएको बताउनुभयो । उहांले पदयात्रासगै १३ किलो सम्मको भारी बोकेर २५० माईल पार गरिसक्नुभएको छ । उहांसगै ४० जनाको समूह २५ एच एस टि को माध्यमबाट हिमलुङ हिमाल आरोहीमा सहभागिता रहेको बताउनुभयो । उक्त ४० जनाको समूह कात्तिक ४ गते काठ्माण्डौबाट लम्जुङ्,मनाङ र मुस्ताङ हुंदै हिमलुङ हिमाल तर्फको यात्रा सुरुवात हुनेछ । उहांका अनुसार सो यात्रा २१ दिनको रहनेछ ।

    https://youtu.be/GIWL8V2f_io?si=Yc9r3zsjmG_1-iiV

    पछिल्लो समय विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्नका निमित्त आर्थिक सङ्कलन गरेरै भएता पनि हिमाल आरोह भने गरिरहेकै छन् तर योन्जन भने व्यक्तिगत आर्थिकमा नै हिमाल आरोह गर्ने बताउनुभयो । सोही हिमाल आरोह पश्चात मर्दिहिमाल पदयात्रा गरिने योजना रहेको बताउनुभयो । आगामी दिनमा यो भन्दा अग्ला-अग्ला हिमालहरुको आरोह गर्नका निमित्त अहिले भने हिमलुङ हिमालबाट सुरुवात गरिने जनाईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं