SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२० गते
    २१३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ ।

    नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गर्नुभयो । ‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भन्नुभयो, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’

    निजी विद्यालयकै अथक मेहनेतले रिजल्ट राम्रो आएको उहाँको भनाई थियो । ‘निजि विद्यालयमा नै अध्ययन गर्ने विद्यार्थीको रिजल्ट उत्कृष्ट देखिएको छ’ उहाँले भन्नुभयो, ‘ तपाईहरुले शिक्षा क्षेत्रमा पु¥याएको अथक मेहनत र योगदानको राज्यले महशुस गरेको छ ।’

    सरकारी क्षेत्रको अनुभव सहितको दक्षता र निजि क्षेत्रको क्षमतायुक्त उर्जाले शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्ने सकिने उहाँको भनाई थियो । प्राविधिक सिप विनाको सैद्धान्तिक डिग्री प्रभावकारी नहुने बताउँदै उहाँले विश्व प्रतिष्पर्धामा उत्रन प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

    उहाँले धेरै विद्यार्थी अध्ययन गर्ने निजि विद्यालयहरुले विद्यार्थीको आचरण, अनुशाशन र चरित्र निर्माण विशेष ख्याल राख्न आग्रह गर्नुभयो ।उहाँले नेपालको शिक्षाको विकासमा सार्वजनिक निजि साझेदारी अवधारणाको शक्तिलाई विकास गर्नु पर्ने बताउनुभयो ।नेशनल प्यव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले लामो समय सम्म संघिय शिक्षा ऐन नआउदा शैक्षिक क्षेत्रमा समस्या वल्झिएको बताउनुभयो ।

    ‘तत्कालिन राजा महेन्द्रका पालमा वनेको शिक्षा ऐन वल्ल ५३ वर्ष पछि वन्दै छ’ उहाँले भन्नुभयो, ‘संघिय शिक्षा ऐन नवन्दा स्थानीय तहमा भएका फरक फरक कानुनले अप्ठ्यारो परेको छ ।’उहाँले संघिय शिक्षा ऐन कस्तो खालको आउनी हो त्यौ चुनौतिको विषय रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय धेरै मानिस डिप्रेसनको सिकार बनेको बताउँदै जिवन जिउने खालको शिक्षा अहिलेको आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर मोचीले परीक्षालाई लक्षीत गरेर पढाइ हुने गरेको बताउँदै अव कक्षा कोठाको सिकाइ लक्षित परीक्षाको व्यवस्था हुनु पर्ने उल्लखे गर्नुभयो।

    उहाँले राष्ट्र र समाजलाई खाँचो र आवश्यकता महशुस गरी काम गर्न सकेमा निजि विद्यालयको महत्व वढ्ने बताउनुभयो ।साधारण सभामा संस्थाका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, र लेखा संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य नेशनल प्याव्सनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराई, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेल्टा कास्कीका अध्यक्ष अजय थापा, प्रज्ञा पब्लिकेशनका रमेशराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका प्रशाशन सचिव जीवन दाहाले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

    एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं