
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा। गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ ।
नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गर्नुभयो । ‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भन्नुभयो, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’
निजी विद्यालयकै अथक मेहनेतले रिजल्ट राम्रो आएको उहाँको भनाई थियो । ‘निजि विद्यालयमा नै अध्ययन गर्ने विद्यार्थीको रिजल्ट उत्कृष्ट देखिएको छ’ उहाँले भन्नुभयो, ‘ तपाईहरुले शिक्षा क्षेत्रमा पु¥याएको अथक मेहनत र योगदानको राज्यले महशुस गरेको छ ।’
सरकारी क्षेत्रको अनुभव सहितको दक्षता र निजि क्षेत्रको क्षमतायुक्त उर्जाले शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्ने सकिने उहाँको भनाई थियो । प्राविधिक सिप विनाको सैद्धान्तिक डिग्री प्रभावकारी नहुने बताउँदै उहाँले विश्व प्रतिष्पर्धामा उत्रन प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले धेरै विद्यार्थी अध्ययन गर्ने निजि विद्यालयहरुले विद्यार्थीको आचरण, अनुशाशन र चरित्र निर्माण विशेष ख्याल राख्न आग्रह गर्नुभयो ।उहाँले नेपालको शिक्षाको विकासमा सार्वजनिक निजि साझेदारी अवधारणाको शक्तिलाई विकास गर्नु पर्ने बताउनुभयो ।नेशनल प्यव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले लामो समय सम्म संघिय शिक्षा ऐन नआउदा शैक्षिक क्षेत्रमा समस्या वल्झिएको बताउनुभयो ।
‘तत्कालिन राजा महेन्द्रका पालमा वनेको शिक्षा ऐन वल्ल ५३ वर्ष पछि वन्दै छ’ उहाँले भन्नुभयो, ‘संघिय शिक्षा ऐन नवन्दा स्थानीय तहमा भएका फरक फरक कानुनले अप्ठ्यारो परेको छ ।’उहाँले संघिय शिक्षा ऐन कस्तो खालको आउनी हो त्यौ चुनौतिको विषय रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय धेरै मानिस डिप्रेसनको सिकार बनेको बताउँदै जिवन जिउने खालको शिक्षा अहिलेको आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर मोचीले परीक्षालाई लक्षीत गरेर पढाइ हुने गरेको बताउँदै अव कक्षा कोठाको सिकाइ लक्षित परीक्षाको व्यवस्था हुनु पर्ने उल्लखे गर्नुभयो।
उहाँले राष्ट्र र समाजलाई खाँचो र आवश्यकता महशुस गरी काम गर्न सकेमा निजि विद्यालयको महत्व वढ्ने बताउनुभयो ।साधारण सभामा संस्थाका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, र लेखा संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य नेशनल प्याव्सनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराई, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेल्टा कास्कीका अध्यक्ष अजय थापा, प्रज्ञा पब्लिकेशनका रमेशराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका प्रशाशन सचिव जीवन दाहाले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया