SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२० गते
    २११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् ।

    समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।

    साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । उनले पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काम सहकारी निजिक भएको बताए । त्यसै गरी पोखरा वडा नम्बर २३ वडा अध्यक्ष रामकाजी गुरुङ, वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगातले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

    कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई सम्मान गरेको थियो ।

    साधारण सभामा पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ ।

    सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं