SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१८ गते
    २१० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। माछापुच्छ«े क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ«े टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् ।

    पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो । टस जितेको लेखनाथले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भिक्टोरियनले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो । आर.के. भिक्टोरियनका ब्याटरहरु सुदिप पौडेलले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । विश्वास पराजुलीले १८ तथा कप्तान कविन सापकोटाले ११ रन हाने ।

    लेखनाथका बलरहरु साजन क्षेत्री र विसाल पौडेलले समान ३ विकेट लिए । सत्कार चालिसेले २ तथा लक्ष्मण थापा क्षेत्री र कप्तान प्रदीप तामाङले १÷१ विकेट लिए । जितका लागि ८९ रनको लक्ष्य पछ्याउने क्रममा लेखनाथ बुमर्सले १६ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनायो । लेखनाथको तर्फबाट राजु छन्त्यालले सर्वाधिक २२ रन जोडे । विसाल पौडेलले अविजित ११ रन बनाए ।

    आर.के.भिक्टोरियका बलरहरु विश्वास पराजुलिले ३, अलिक श्रेष्ठले २ तथा कविन सापकोटा र रितेस बरालले १÷१ विकेट लिए । खेलमा आर.के.भिक्टोरियका विश्वास पराजुली प्लेयर अफ द म्याच भए ।

    शुक्रबारको अर्को खेलमा इस्लामिक कंक्रर्सले एभरेष्ट क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्टले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । एभरेष्टको तर्फबाट विक्की शर्मा र दीपक माझीले समान १६ रन जोडे ।

    इस्लामिकका बलर जस्मिन थापाले ३ तथा रोशन कँडेल र पुस्कल पौडेलले दुई दुई विकेट लिए । जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको इस्लामिक कंक्रर्सले १७.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच विजय विश्वकर्माले १८ बलमा अविजित ३० रन हाने । पुष्कल पौडेलले २४ र अनिष जिसीले २१ रन जोडेका थिए । एभरेष्टका बलर नियाज अहमद र अजयरामले दुई दुई विकेट लिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं