SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१७ गते
    ४०२ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पाैडेलकाे सहयाेगमा विध्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रस्ट निर्माण गरिने भएकाे छ ।

    ट्रस्टकाे बिहिबार बिहान घटस्थापनाकाे शुभ साहित पारेर शिलन्यास गरियाे । विद्यालय अक्षयकाेश समितिका संयाेजक तथा विद्यालयका पूर्व प्र अ समेत रहनु भएका माेहन प्रसाद पाैडेलकाे उपस्थितिमा समाजसेवी पाैडेलले ट्रस्टकाे शिलान्यास गर्नुभयाे । शिलन्यास पछि बाेल्दै सहयाेगदाता एकनाथ पाैडेलले ट्रस्ट निर्माणकाे सम्पूर्ण लागत रकम सहयाेग गर्ने बताउनु भयाे ।

    आफूले अक्षराम्भ गरेकाे विध्यालयमा समय समयमा पस्दा, बस्दा बालबालिकाहरुले खुल्ला चाैर र वरण्डामा बसेर खाज खाइरहेकाे देखेर आफूलाई मनमा बिजेकाे बताउदै विध्यालयमा खाजा खुवाउने ट्रस्ट अत्यावश्य रहेकाे देखेपछि याे दशै बिदाकाे अवसर पारेर निर्माण गर्न लागिएकाे बताउनु भयाे । आफू पढेकाे विध्यालय आफूलाई अत्यन्त प्याराे लाग्ने बताउने समाजसेवी पाैडेलले यस अघि पनि विध्यालयलाई विध्यार्थीहरुका लागि ड्रेस आदि विभिन्न भाैतिक सामाग्रीहरु सहयाेग गर्दै आउनु भएकाे छ।

    विद्यालयका अध्यक्ष रामप्रसाद पौडेलले , पौडेलले गरेको सहयोग विद्यालयका लागि अमुल्य रहेको बताउदै, आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो। वडाकै पुरानो विद्यालयका रूपमा रहेकाे सो विद्यालयमा कक्षा वाल विकास देखि ५ सम्म पठनपाठन हुदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं