SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१६ गते
    २४४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले सडक दुर्घटना सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    गत सोमबार पोखरा महानगरपालिका वडा नं. ७ स्थित जनप्रिय बहुमुखी क्याम्पसमा सम्पन्न सडक दुर्घटना सचेतना कार्यक्रम प्रमुख अतिथि गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनक बहादुर शाहीले कार्यक्रमको उद्घाटन गर्दै सडक दुर्घटना हुनमा हामी सबैको कुनै कुनै रुपमा जिम्मेवार हुने भएका कारण सबैले अनुशासन पालना गर्न सकेमा सडक दुर्घटनामा कमि ल्याउन सकिने वताए ।

    कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर मिलन थापा, पोखरा मनपा वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्य, क्याम्पस प्रमुख रमेश खड्का, माछापुच्छ्रे टोलविकास संस्थाका अध्यक्ष संगीता शर्मा लगाएतले शुभकामना व्यक्त गर्दै लायन्स क्लबले उत्कृष्ठ कार्य गरेको वताएका थिए ।

    सो अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, विभिन्न टोलविकास संस्था तथा आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने जिल्ला प्रहरी ट्राफिक कार्यालय प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सडक दुर्घटना सचेतना सम्बन्धि प्रशिक्षण दिएकी थिईन ।

    लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष नरेन्द्र कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्धेश्यबारे कार्यक्रम संयोजक क्लबका पुर्व अध्यक्ष प्रेमकुमार क्षेत्री र संचालन उपाध्यक्ष रमेश थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं