SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१३ गते
    २१५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,। नेपाली काँग्रेस कास्कीको निर्णयानुसार कास्कीमा विशेषज्ञ वृत्त वनाउने निर्णय गरे वमोजिम नेपाली कांग्रेस कास्कीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरुलाई समेटिएको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ ।

    जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले कास्की कांग्रेस थप उर्जाशिल वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले वताउनुभयो । विगतमा सामाजिक क्षेत्रमा क्रियाशिल रही समाजमा सम्मानीत जीवन वनाएका उहाँहरुको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने अपेक्षा सभापति वरालको छ ।

    पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो । समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नु भएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो, सभापति वरालले वताउनुभयो । कास्की कांग्रेसले आज निर्माण गरेको पर्यटन विशेषज्ञ वृत्तमा गणेश वहादुर भट्टराई, टिकाराम सापकोटा, संजयकान्त सिग्देल, सोम थापा र दामोदरभक्त थापा लाई मनोनित गरिएको छ ।

    यस भन्दा अगाडी राजनीतिक विशेषज्ञ वृत्त निर्माण गरि सकिएको छ, साथै अन्य विशेषज्ञ वृत्तहरु क्रमशः गठन गर्दै लैजाने जानकारी पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिनुभयो । कास्कीको सामाजिक क्षेत्रमा अमूल्य समय र जीवन दिनुभएका उहाँहरुको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले दावी गर्नुभयो । अन्य वृत्तका विशेषज्ञहरु पनि छिट्टै निर्माण गर्ने तयारीमा रहेको कास्की काँग्रेसले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं