SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१२ गते
    २०५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो ।

    कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले योगले सबैमा प्रेम भाव जगाई मानवियताको विकास गर्दै सकारात्मक भावना ल्याउन र तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । योग ध्यान र जीवन विज्ञानको महत्व जनजनलाई बुझाउन सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले चालु आवदेखि स्थानीय तहसँगको साझेदारीमा सबै स्थानीय तहमा योगध्यानका कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरेको मन्त्री थापाले जानकारी दिए ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीलाई सकारात्मक दिशामा लैजान योगको कार्यक्रमलाई निरन्तरता दिने बताए । समाजलाई नकारात्मकताको बाटो भन्दा पनि सकारात्मकता बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको पाण्डेले औंल्याए । प्रदेशको नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको विषय भएकाले ८५ वटै पालिकालाई योग ध्यानको कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशनसमेत दिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, सभामुख, उपसभामुख, मन्त्री, सांसदसहित ८५ वटै पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक लगायत ५ सय भन्दा बढी सहभागी भएका थिए ।कार्यक्रमलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले स्वागत गरेका थिए भने मन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं