
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् ।
https://youtu.be/GIWL8V2f_io?si=tPWN6xXkjBClatoY
यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
उनीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तुप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तुप समितिका सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज माविका प्रचार्य नरनाथ बराल, कालावाङ होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे ।
शान्ति स्तुप यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । प्रतियोगिता सफल पार्न सिंगो पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए । सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो ।
दौडमार्फत पुम्दीभुम्दीको थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए ।
पूर्व अर्थ मन्त्री बरालले पोखरा २२, पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखरा २२ का अध्यक्ष बरालले उक्त कार्यक्रम आगामी दिनमा परिस्कृत पार्न सहयोग गर्ने बताए । प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद दिए ।
अनलाइन फारम भर्ने ३ देशका १ सय ४ जना मध्य शनिबारको पर्वतीय दौडमा भने ७९ जनाले मात्र सहभागि जनाएको प्रालिका व्यबस्थापक सागर सुनारले जनाए । दौडमा नर्वेका २ महिला सहित ७९ जना, प्रतियोगितामा ९ बर्ष देखि ५५ बर्ष उमेर समूहका धावकहरु सहभागी भएको पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।
प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटी शिवदाइलाई मेडल प्रदान गरियो । कार्यक्रम संचालन संचारकर्मी दीपेन्द्र पहारीले गरे ।नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद लगायतको सहयोग थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया