SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१२ गते
    २९२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ। पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो।

     

    यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ। ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अँग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन्।

    किताब खरिद गर्दा १ हजार ९९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १० प्रतिशत, २ हजार देखि ३ हजार ४९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाउने छन्। यसैगरी ३५ सयदेखि ४ हजार ९९९ रूपैयाँसम्म किताब खरिद गर्दा २० प्रतिशत र ५ हजार रूपैयाँ भन्दा माथि २५ प्रतिशतसम्म छुट पाइने रिडर्स कर्नरका सञ्चालक भावना थपलियाले जानकारी दिइन्।

    “रिडर्सले यसअघिका वर्षमा पनि दशैँको मौका पारेर किताब खरिदमा छुटको व्यवस्था गर्दै आइरहेको छ। सधैँ जस्तो यसपालि पनि किताब खरिद गर्दा छुटको व्यवस्था गरेका छौँ,” उनले भनिन्, “पाठकहरूले आएर जुन विधाको किताब मन पर्छ छानीछानी किताब किनेर, उति नै छुट पनि पाउन सक्नुहुनेछ।”

    असोज १ देखि शुरू भएको किताब मेला असोज २४ गतेसम्म चल्ने छ। रिडर्स किताब मेलाको फाइदा उलेख्य पाठकहरूले लिइरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं