SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/११ गते
    २७४ &#२३४६;&#२३३५;&#२३२५;

     गोबिन्द रिजाल ,कुश्मा ।जिल्ला ह्याण्डबल संघ पर्वतको दोस्रो साधारणसभा आज कुश्मामा सम्पन्न भएको छ । जिल्लामा ह्याण्डबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनका लागि क्रियाशील ह्याण्डबल संघले आफ्नो साधारणसभाबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने आगामी वर्षका लागि कार्ययोजना पनि तय गरेको छ ।

    ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संघका सचिव तथा ह्याण्डबल प्रशिक्षक समेत रहेका रमेश श्रेष्ठलाई नगद रु पाँचहजार र कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले जिल्लाभित्र ह्याण्डबल खेलको विकासमा ह्याण्डबल संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफूहरु पनि ह्याण्डबल खेलको विकास तथा विस्तारमा संघसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।

     जिल्ला ह्याण्डबल संघको सक्रियतामा हालैमात्र पर्वत जिल्लाबाट पुरुष तथा महिला ह्याण्डबल टिमले गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगितामा भाग लिन सफल भएको छ भने कुश्मा, फलेवास र मोदी पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन भै क्रियाशील रहेका छन् ।

    साधारणसभामा अध्यक्ष राजेन्द्र पहाडीले अब जिल्ला ह्याण्डबल संघले विद्यालय तहबाट नै यस खेलको विकासमा ध्यानदिनुपर्ने आवश्यकता रहेको र यसका लागि दक्ष शिक्षक प्रशिक्षक तयार गर्दै अघि बढ्ने योजना रहेको कुरा बताउनुभयो । उहाँका अनुसार उपयुक्त खेलमैदान, पर्याप्त आर्थिक स्रोधसाधन तथा खेल प्रशिक्षकको अभावमा ह्याण्डबल खेललाई सोचेजती उचाईमा पुर्‍याउन कठिन भैरहेको जानकारी गराउँदै सबै सम्बन्धित निकायहरुले खेल क्षेत्रको विकासका लागि ध्यानदिनुपर्ने खाँचो रहेको कुरामा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं