
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।
यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् ।
https://youtu.be/GIWL8V2f_io?si=XXrDY6u1DrrrcXCs
बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे ।
विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए ।
https://youtu.be/GIWL8V2f_io?si=-CH4GJk8xV5xHHMs
खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ ।
विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए । उनले आफ्नो गाउँठाउँमा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए । सो क्रममा नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी,, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
पोखरा क्लिक अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन पत्रकार एवं साहित्यकार असफल गौतमले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको छ ।
प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा व्यक्ति विशेष सहयोग गरेका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवद्र्धक रहेको उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, पोखरा ३, वडा ६, वडा ८ र वडा १७ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तुप समिति, पोखरा ८ वडा कार्यालय, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम¥याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोर्टस्, टाइगर ग्रुप अफ पोखरा, होटल वाराही, सेमियोग टुरिष्ट रिसोर्ट, युआरएल, लक्ष्मी हाउस, पुइमे फास्टफुड, लेकसाइड होटेलियर्स क्लब, होटल मुस्ताङ लेते एण्ड थकाली, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतको सहयोग छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया