SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१० गते
    २३१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्ला स्तरिय मञ्चले गरेका गतिविधिहरुलाई समेटेर प्रतिवेदन पेश गरेका थिए ।

    राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र गण्डकी प्रदेश अध्यक्ष राम बहादुर लामिछाने भूमिअधिकारका समस्या समाधानमा अगुवा प्रतिनिधिहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

    सो अवसरमा केन्द्रिय सदस्य मनरुपा कुमाल, पुर्व केन्द्रिय सदस्य कन्या गुरुङ, समाजसेवी महेन्द्र पोखरेल, तरवाढिक गुम्बाका उपाध्यक्ष यामबहादुर मोक्ताङ लगाएतले निति तथा कानुन भूमिअधिकारबाट वञ्चितहरुको पक्षमा बनाइनु पर्ने वताए ।

    उक्त कार्यक्रममा पुर्नवास कम्पनिबाट पिडितहरुले आमोदप्रमोद गरी रहेकाहरुको उचित व्यवस्थापन र पिडितहरुको माग सम्बोधन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

    राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकीका अध्यक्ष राम बहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भैरव गुरुङले र संचालन प्रेमबहादुर गुरुङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं