SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/६ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर, लेखनाथ र हेमजमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।सामुदायिक सेवा केन्द्र वगरबाट रामप्रसाद अधिकारी, लेखनाथबाट गंगा कुमारी खनाल हेमजाबाट देविप्रसाद अधिकारी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

    यसैगरी कार्यक्रममा शसस्त्र प्रहरी वल कालिका गणमा आउनु भएका शसस्त्र प्रहरी नायव उपरीक्षक राजन मान श्रेष्ठ, वडा प्रहरी कार्यालय वगरमा आउनुभएका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आउनुभएकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई स्वागत गरिएको थियो ।

    कार्यक्रमा जिल्ला प्रशाशन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समुदायमा सचेतना फैलाउन सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगा कुमारी खनालले सामुदायिकको मर्म अनुसारनै काम गर्दै आएको बताउनुभयो । सामुदायिक प्रहरी सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयव कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं