SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/३० गते
    २८७ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा।कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन्।

    माध्यमिक शिक्षा परिक्षा २०८० को मुल्यांकनका आधारमा यस वर्ष पनि उच्च जि पि ए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक विद्यालय तर्फ विन्ध्यवासिनीले ३:११ जि पि ए ल्याएको थियो।एस इ इमा उसका ८१ जना विद्यार्थी सम्मिलित थिए। शिक्षा दिवस २०८१ को अवसरमा जिल्ला विकास तथा समवन्य ईकाइले आइतबार पोखरामा एक कार्यक्रमका बीच दुवै विद्यालयलाई सम्मान समेत गरेको छ।

    कार्यक्रमका प्रमुख अतिथि संघीय संसद सदस्य दामोदर वैरागी, प्रदेश सांसद प्रकाश बराल, गणेशमान गुरुङ, जिल्ला समवन्य प्रमुख लिलाधर पौडेल र समवन्य ईकाइका प्रमुख लोकनाथ आचार्यले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई सम्मान गरे । सोही अवसरमा विषयगत शिक्षकका रूपमा सोही विद्यालयका विज्ञान विषयका शिक्षक सुशील देवकोटा पनि सम्मानित भए ।

    कार्यक्रममा चार जिपिए ल्याउने विद्यार्थी सहित कास्कीका ५ वटै पालिकाका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी पनि सम्मानित भए। सम्मानित भएपछि प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आफ्नो विद्यालय लगातार उत्कृष्ट हुनु सवै पक्षको साथ र सहयोग रहेको स्मरण गर्नुभयो। उहाँले सम्मान दिलाउन सहयोग गर्ने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी , सरोकारवाला सबैमा आभार ब्यक्त समेत गर्नुभएको छ।

    कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराई आउने वताईएको भएपनि उहाँ अनुपस्थित रहनुभयो। अघिल्लो वर्ष विन्ध्यवासिनी मावि सामुदायिक विद्यालय तर्फ देश भरमै उत्कृष्ट पहिलो भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं