SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२९ गते
    २०७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्धितीय, रत्न ज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथा तथा वागमारा एकेडेमी र अल्फा वोडिङ स्कुल सान्त्वना भएका छन् ।

    https://youtu.be/qYmb5HdkPhM?si=rVaxxw5jxow8VHRU

    प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले संस्थाका हरेक गतिविधि उत्कृष्ट रहेको बताउनुभयो ।

    ‘एन प्याव्सन कास्कीको मेजेरिटीले यस संस्थामा आवद्ध विद्यालयको पढाइ, परीक्षा र हरेक गतिविधिमा एकरुपता छ त्यसैले पनि यस संस्थाका गतिविधि उत्कृष्ट छन्’ आचार्यले भन्नुभयो,‘ आगामि दिनमा यस्ता कार्यक्रम निरन्तरता दिन अनुरोध गदर्छु ।’

    प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको एन प्याव्सन कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक हरिराज अधिकारीले जानकारी दिनुभयो ।

    विद्यार्थी आतरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

    ‘पढाइका अलवा एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीको प्रतिभा उजागर संस्था फरक फरक कार्यक्रमहरु सञ्चान गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भन्नुभयो,‘हरेक कार्यक्रममा विद्यालयबाट विद्यार्थीको सहभागिताले हाम्रा कार्यक्रम सफल भएको महशुस भएको छ ।’ उहाँले आगामि दिनमा पनि संस्थाले आयोजना गर्ने कार्यक्रम यस्तै खालको सहभगिताको अपेक्षा गरेको बताउनुभयो ।

    एन प्याव्सन कास्कीले अतिरिक्त कार्यक्रम बाहेर हरेक वर्ष वृहत शैक्षिक प्रदर्शनी र वृहत खेलकुद महोत्सव गर्दै आएको कार्यसमिति सदस्य विक्रम सुवेदीले जानकारी दिनुभयो । यस वर्ष भने संस्थाले खेल क्षेत्रलाई मध्येनजर गर्दे वृहत खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं