
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् ।
https://youtu.be/Aad2p2BJ8hA?si=nwpkzYBrFB37KUDq
विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ ।
जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् ।
निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्याकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन । अगामी मंसिरमा सक्ने गरी विसं २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिशत मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्ने सम्भावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ । वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको हो ।भवन १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ लागतमा गैरे बताउँछन् । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।
उनले भने, ‘निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई/साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई/तीन वर्षमा पनि यो भवन सकिदैन ।’
जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि विसं २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताए । आगामी पुसमा सक्ने गरी १२ करोड १४ लाख रुपैयाँमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ ।हालसम्म चौथो तलाको ढलान भएको सुनाए । भवन समयमा नबन्दा मासिक करिब एक लाख ६० हजार रुपैयाँ घर भाडा तिर्दै आएको उनी बताउँछन् ।
ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरी रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए ।
अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न उनको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरी रहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया