SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२७ गते
    २४५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लाथेको हो ।

    नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु( ले लेखेकी हुनु भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।

    नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ पाठकको भनाई छ ।

    निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाइ दर्साउछ ।’ अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

    नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ । असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिएका छन् ।

    पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यवसायिक रुपमा पनि सफल भएको थिएटरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं