SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२७ गते
    २११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै
    अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए ।

    उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै कार्कीलाई अन्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले समेत साथ दिने भएका छन् । उनीहरुले समेत गुट–उपगुट छाडेर स्वतन्त्र हिडेको व्यक्तिले भोलिका दिनमा समेत स्वतन्त्र भई सबैको लागि काम गर्ने भएकाले साथ दिएको बताए । कार्कीले आफुले संघको नेतृत्वका लागि आफ्नो उद्योग व्यवसायको सम्पूर्ण जिम्मेवारी श्रीमती, छोरा र बुहारीलाई दिएको सुनाए ।

    नेतृत्वमा रहँदा व्यवसायतर्फ ध्यान दिदौँ काम गर्न कठिन हुनेभएकाले नेतृत्वको कार्यकालसम्म आफु आम उद्योगी र व्यवसायीको लागि काम गर्ने समेत बताए । कार्की हाल संघका वरिष्ठ उपाध्यक्ष समेत हुन । डेंगी लागि केही समय अस्पताल बसेका उनी अझै पुर्णरुपमा स्वस्थ हुन सकिरहेका छैनन् । उनले घरदैलो कार्यक्रम गर्न नसकेपनिफोन, एसएमएस लगायत विभिन्न सामाजिक सञ्जालबाटै समग्र व्यवसायि माझ पुगिरहेका छन् । आफुलाई अत्याधिक मत दिई यस अघिका झै नेतृत्व तहमा पुगि काम गर्ने अवसर दिन समेत अनुरोध गरे । यस्तै आज नै कार्कीले सर्वेश्वर मार्ग पन्थी गल्लिका व्यवसायीहरुसँग समेत भेटघाट गरेका छन् । अस्वस्थ रहँदा रहँदै पनि उनी अहिले चुनावी अभियानलाई तिव्र बनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं