
१पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
३गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
४विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
५मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
६प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
७गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
८पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
९मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१०वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
११विद्यालयलाई शैक्षिक सामग्री सहयोग
१२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् ।
एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै जनालाई जिताउने उनीहरुको प्रतिबद्धता छ । यसअघि सर्वेश्वर व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोईरालालाई जिताईसकेका छन् ।
यसपटक संघको चुनावमा सर्वेश्वर व्यवसायीहरुको तर्फबाट सर्वेश्वर व्यवसायी समितिका सल्लाहकार तथा आजिवन सदस्य प्रेमप्रसाद सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी लेखनाथ सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी यादवप्रसाद पोख्रेल र आजिवन सदस्य तथा शुभचिन्तक टिकाराम सुवेदी (माधव) सदस्य पदका उम्मेदवार छुन् । संघको चुनावमा प्रेमले क्रम संख्या (६), यादवले (१०), टिकारामले (२) र लेखनाथले १३ पाएका छन् ।
https://youtu.be/qYmb5HdkPhM?si=k_v2tKyDQ0Sjc-6W
मंगलबार साँझ आयोजित कार्यक्रममा चारैजना उम्मेदवारहरुले आफूहरु सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको साझा उम्मेदवार भएको बताए । सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरु आफूहरुको परिवार भएकाले एकमत, एकसाथ भएर मतदान गर्न आग्रह गरे । एउटै क्षेत्रबाट चारजना उम्मेदवार भएपनि व्यवसायीको मुद्धामा चारैजनाको स्वर एउटै भएको बताउँदै उनीहरुले भने,‘संघमा निर्वाचित भएपछिपनि हाम्रो एकता र स्वर एउटै हुन्छ । विभाजित हुँदैनौं ।’
दोश्रो पटक सदस्य पदमा दोहोरिन उम्मेदवार बनेका प्रेमप्रसाद सुवेदीले व्यवसायीको राय, सुझाव लिएर आफू अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने,‘म तपाईंहरुको साझा उम्मेदवार हुँ, यहाँहरुको राय, सुझाव लिएर व्यवसायीका समस्या समाधानका लागि संघ र व्यवसायीबीच पुल बनेर काम गर्छु ।’
अर्का उम्मेदवार यादवप्रसाद पोखरेलले अघिल्लो पटक बेहोरेको हारलाई जितको शुरुवात मानेर फेरी उम्मेदवार बनेको बताए । आफूमा व्यवसायीको पक्षमा काम गर्ने हुटहुटी रहेको भन्दै एकपटक मत दिएर आफूलाई परीषण गर्न आग्रह गरे । ‘व्यवसायीका समस्या समाधानका लागि आवाज बुलन्द गर्नेछु’–उनले भने ।
वर्तमान कार्यसमितिमा मनोनित सदस्यका रुपमा रहेर एक कार्यकाल गुजारेका टिकाराम सुवेदी (माधव)ले आफूले संघको बैठकमा बारम्बार व्यवसायीका मुद्धा उठाएको बताए । सर्वेश्वर परिवारको साथ पाएर आफू उत्साहित भएको बताउँदै उनले भने,‘हाम्रो जित सुनिश्चित छ । जितेपछि तपाईंहरुको गुनासा तथा समस्या समाधानका लागि काम गर्नेछु ।’
अर्का उम्मेदवार लेखनाथ सुवेदीले संघ र व्यवसायीबीच समन्वय गरेर व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सर्वेश्वर परिवारको मतमात्रै नभई अन्यसँग मत मागेर जिताउन उनले आग्रह गरे ।सर्वेश्वर व्यवसायीहरुले पोखरामा घरबहाल कर, पार्किङ, फुटपाथ क्लियर, फुटपाथ व्यापारीको व्यवस्थापन, ठेला तथा पोका बोकेर घरघरमा पुग्ने खुद्रे व्यापारीको व्यवस्थापनलगायत समस्याका रुपमा रहेकाले त्यसको समाधानका लगि नेतृत्वदायी भूमिका खेल्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले ईतिहास दोहो¥याउन आफूहरु तयार रहेको बताए । हामीले सर्वेश्वरको एकता र त्यसले दिने परिणाम हासिल गरेर इतिहास निर्माण गरिसकेका छौं,उनले भने,‘अब फेरी चारै जना हाम्रा उम्मेदवारहरुलाई जिताएर नया नेतृत्वा जन्माउँदै ईतिहास दोहो¥याउन व्यवसायी साथीहरुलाई अपिल गर्दछु ।’
समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारीले आफ्ना उम्मेदवारहरुलाई जिताएर सर्वेश्वर नेतृत्व जन्माउने कारखाना हो भन्ने बनाउन व्यवसायीहरुलाई आग्रह गरे । यसो गर्न सके सर्वेश्वर–पराजुली मार्गका व्यवसायीको शान, मान र सम्मान बढ्ने उनको भनाई थियो । ‘त्यसैले उम्मेदवारहरुको अनुहारमा आफू देखेर एकछापे मत हालौं’–उनले भने ।
समितिका सल्लाहकार नरहरी अधिकारीले व्यवसायीको आवाज बुलन्द गर्न सर्वेश्वरमा आबद्ध उम्मेदवारहरुलाई जिताउनै पर्नेमा जोड दिए ।समितिका निवर्तमान अध्यक्ष बालकृष्ण भण्डारीले आफूहरु जिताउन तयार रहेको तर जितेपछि विभाजित नभई चारैजनाको स्वर एउटै बनाउन आग्रह गरे ।समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतम र महासचिव विशाल अधिकारीले टाढाको देवता भन्दा नजिकको ढुंगा नै काम लाग्ने भन्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरे ।
सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ । होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।
समितिले सर्वेश्वर–पराजुली मार्गमा व्यवसाय ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रमसमेत आयोजना गर्दैछ । समितिले एक महिनासम्म दसैँ उत्सव गर्न लागेको हो । सो बेला सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकिझकाउ बनाउने, झिलीमिली बत्ती बालेर दुलहीझैँ सिंगारिने समितिले जनाएको छ । त्यस्तै दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिने, सामान खरिदमा कुपन दिइने र चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए । बम्पर उपहारमा स्कुटर, ल्यापटप, साइकल, मोबाइल र ४ जनालाई ५÷५ हजार सान्त्वना स्वरूप दिईने उनले जानकारी दिने भए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया