SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२६ गते
    ३१२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ।

    सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ। पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ। नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जन स्वास्थ्यका कार्यक्रमहरू मध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो ।

    किशोर किशोरीहरूलाई सहज रूपमा आफ्ना समस्याहरू राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन “किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९” समेत जारी भई कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिनुभयो । नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवालाहरू थप जिम्मेवार बन्नु पर्ने उहाँले बताउनुभयो।

    पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्धारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं