SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२६ गते
    २०६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनभएको छ ।

    पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उहाँलाई सम्मान गरिएको हो ।

    सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालहरु सम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि २५ हजार र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनौट उपसमितिले सापकोटालाई पुरस्कृति गर्न सिफारिस गरेको हो ।

    सापकोटालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रा.लिका अध्यक्ष देउ प्रसाद गुरुङले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

    विगत दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार सापोकाटा आदर्श समाज, राष्ट्रिय समाचार समिति टि टिभि, समाधान हुदै हाल राष्ट्र न्यूज डटकम र रेडियो हेमजामा आवद्ध हुनुहुन्छ ।

    यसैगरी छैटौ साधारण सभाको अवसरमा असल चालक तर्फ ग १ ख ३८८७ का चालक सूर्य रानाभाट, असल सहचालक तर्फ ग १ ख ६९७१ का सहचालक कमल गुरुङ, पुरानो व्यवसायी ग १ ख ५२५३ र ग १ ख ३९८९ का सवारी धनी भेषबहादुर कुँवर, कर्मचारी तर्फ ध्रुव पुलामी मगर सम्मानित हुनुभएको छ ।

    त्यस्तै दश जोड दुई बाट उत्कृष्ट हुने शेयर सदस्य तर्फ ग १ ख ६९५१ की मायाँ विक कि छोरी सोनिया विक र कर्मचारी तर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव कुमार चुल्याजुलाई सम्मान गरिएको थियो ।

    यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजि क्षेत्रले गरेको लागानिलाई नेपाल सरकारले नजर अन्दाज गर्न नुहने बताउनुभयो ।

    वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान वाध्य बनाएको बताउनुभयो ।सम्मानित पत्रकार प्रकाशचन्द्र सापकोटा यस्ता खालका पुरस्कारले पत्रकारलाई काम गर्न थप उर्जा मिल्ने बताउनुभयो ।

    पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पोखरा यातायात प्रा.लिका सल्लाहाकर वसन्त कुमार प्रधान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सचिव तथा पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद ढु·ाना, नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायात प्रा.लिका प्रवन्ध निर्देशक देवि प्रसाद कुइकेल, कम्पनी सचिव जिवन प्रसाद पौडेलले बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं