SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२५ गते
    १९२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए ।

    त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश गुरुङ निर्वाचित भएका छन् ।

    यस अघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ मुवाँथाई गण्डकीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रभाव पार्न सफल भएको जनाउँदै मुवाँथाई खेलको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले नवौं राष्ट्रिय खेलकुद सवैको साथ र सहयोगले नै गण्डकी प्रदेशमा सफलता पूर्वक सम्पन्न भएको उल्लेख गर्दै सबै खेलाडीहरुलाई दशौं राष्ट्रिय खेलकुदका लागि तयारी हुन समेत आग्रह गरे ।

    कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गण्डकी प्रदेशको मुवाँथाई खेलको विकास लागि परिषदले बजेट नै विनियोजन गरेर अघि बढेको जनाउँदै मुवाँथाई खेलको विकास र प्रवर्द्धनमा सबै एकजुट हुनुपर्ने जनाए ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीलगायतले मुवाँथाई खेलको विकासले खेलाडीहरु भित्र रहेको क्षमतालाई निर्खान र उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कला र क्षमता प्रदर्शनका लागि एक भएर अघि बढ्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं