SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२७ गते
    १७७४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, लस एन्जलस ।

    आजबाट अमेरिकामा रहेको नेपाली दूतावासले क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर आज देखि शुरु गरेको छ ।

    क्यालिफोर्नियाको लस एन्जलस शहरको पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म संचालन हुने गरि सेवा सूचारु गरिएको अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    ढकालका अनुसार सेवा प्रदान गर्नेकाम उत्साहा जनक रुपमा शुरु भएको छ । सेवाग्राहीले पनि आफनो स्थानबाट सेवा पाउदा खुसि ब्यक्त गरिरहेको बताउनु भयो ।

    लामो समयदेखि क्यालिफोर्निया क्षेत्रमा कन्सुलर सेवा घुम्ती शिविर संचालन नहुँदा त्यसक्षेत्रका नेपालीहरु समस्यामा परिरहेका बखत यो कन्सुलर सेवा घुम्ती शिविर संचालन भएको र वासिंटन डिसीमा जान निकै खर्चिलो र धेरै दिन लाग्ने भएकाले यो शिविरले ति तमाम समस्याहरुलाई समाधान गर्ने आसा लिएको पनि बताउनु भयो ।

    बिगत देखि यस क्षेत्रका एकहजारभन्दा धेरैले राहदानी नविकरण गर्न सकेका थिएनन् । अर्थात् एकहजार भन्दा बढी नेपालीहरु यस क्षेत्रमा राहदानी नविकरण पर्खिएर बसेका छन् ।

    यस बिषयमा सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीले ढकालसँग कुरकानी गर्दा उहाले यस्तो बताउनु भएको छ । शिविर आजबाट शुरु भै जुलाई १४ सम्म चल्नेछ ।

    हेरौ भिडियो कुराकानीमा

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं