
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया ।
नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ ।
गत मे महिनामा बसेको एएनएको कार्यसमितिको बैठकले यस राष्ट्रिय सम्मेलन स्यानफ्रान्सिस्कोमा सम्पन्न गर्ने निर्णय गर्दै उपाध्यक्ष क्रान्ति अर्याल भण्डारीलाई सर्वसम्मत रुपमा कन्भेनर चयन गरेको थियो भने भण्डारीको संयोजकत्वमा १ सय ५ सदस्यीय आयोजक समिति समेत बनाएको थियो।
सन १९८३ मा स्थापना भएको संस्था बिश्वभर नै नेपालीहरुको आवाज बुलन्द गर्नुको साथै सामाजिक उत्तर दायित्वपुरा गर्ने हजारौ कामहरु गर्दै आएको छ ।
सम्मेलनलाई भब्य रुपमा सफल पार्नको लागि हालै सम्पन्न बैठकले थप ९ वटा उपसमितिहरु गठन गरिएको र सम्मेलन तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष तथा कन्भेनर क्रान्ति अर्याल भण्डारीले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।
सम्मेलन बर्कलीको एडल्ट स्कुल र एम्रिभिलस्थित होटल सोनेस्थामा हुने तय भएको छ । हालै गठन गरिएको समितिहरुमा कोष ब्यवस्थापनमा लक्ष्मण अधिकारी, सांस्कृतिक सभापतिमा सुरेन्द्र फोम्वो, संचारमा ईश्वरी न्यौपाने, स्वयंसेवक ब्यवस्थापनमा ध्रुव बस्याल, संघसंस्था ब्यवस्थाजनमा ईश्वर सिटौला, खाना ब्यवस्थापनमा सुमेश रिजाल, युवा तथा खेलकुद ब्यवस्थापनमा नुरेन बराल, प्रबाशन समितिमा ध्रुव थापा र अतिथि सत्कारमा विश्व भट्ट रहनु भएको छ।
सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्ने तय भएको समेत भण्डारीले जानकारी दिनु भएको छ ।
यस्ता छन् सम्मेलनका मुख्य आर्कषणहरु
१, युथ एवं महिला इम्पावरमेण्ट देखि ब्यापार ब्यावसाय संचालनमा जान्नुपर्ने कानुनी विषय साथै इमिग्रेसनको बर्तमान अवस्था, दोहोरो नागरिकता लगायतका विषयहरुमा सरोकारवालासंग बहस ।
२, रक्तदान, नेपाली हस्तकलाको प्रर्दशन र साहित्यिक समारोह
३, ब्यावसायिक विकास र अनुभवको आदानप्रदानको अलावा ‘आर्टिफिसियल इन्टिलिजेन्स’को वारेमा पनि बहस र छलफल ।
४, नेपालको हिमाल, पहाड र तराई र पूर्वदेखि पश्चिमसंम्मको भवना जोड्ने सास्कृतिक झाकी तथा प्रस्तुतीहरु ।
५, त्यस्तै गायिका शशीकला मोक्तान, जुना प्रसाई लगाएतको प्रस्तुति रहने छ भने बे एरियाका स्थानीय कलाकारहरुको प्रस्तुति पनि समाबेश हुनेछ ।
सम्मेलनको वारेमा बिस्तृत जानकारी https://ana1983.org मा दिइएको छ भने साँकृतिक कार्यक्रमको लागि thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जानकारी दिएका छन् ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया