SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/१७ गते
    १६९२ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया ।

    नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा  पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ ।

    गत मे महिनामा बसेको एएनएको कार्यसमितिको बैठकले यस राष्ट्रिय सम्मेलन स्यानफ्रान्सिस्कोमा सम्पन्न गर्ने निर्णय गर्दै उपाध्यक्ष क्रान्ति  अर्याल भण्डारीलाई सर्वसम्मत रुपमा कन्भेनर चयन गरेको थियो भने भण्डारीको संयोजकत्वमा १ सय ५ सदस्यीय आयोजक समिति समेत बनाएको  थियो।

    सन १९८३ मा स्थापना भएको संस्था बिश्वभर नै नेपालीहरुको आवाज बुलन्द गर्नुको साथै सामाजिक उत्तर दायित्वपुरा गर्ने हजारौ कामहरु गर्दै आएको छ ।

    सम्मेलनलाई भब्य रुपमा सफल पार्नको लागि हालै सम्पन्न बैठकले थप ९ वटा उपसमितिहरु गठन गरिएको र सम्मेलन तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष तथा कन्भेनर क्रान्ति  अर्याल भण्डारीले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    सम्मेलन बर्कलीको एडल्ट स्कुल र एम्रिभिलस्थित होटल सोनेस्थामा हुने तय भएको छ । हालै गठन गरिएको समितिहरुमा कोष ब्यवस्थापनमा लक्ष्मण अधिकारी, सांस्कृतिक सभापतिमा सुरेन्द्र फोम्वो, संचारमा ईश्वरी न्यौपाने, स्वयंसेवक ब्यवस्थापनमा ध्रुव बस्याल, संघसंस्था ब्यवस्थाजनमा ईश्वर सिटौला, खाना ब्यवस्थापनमा सुमेश रिजाल, युवा तथा खेलकुद ब्यवस्थापनमा नुरेन बराल, प्रबाशन समितिमा ध्रुव थापा र अतिथि सत्कारमा विश्व भट्ट रहनु भएको छ।

    सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्ने तय भएको समेत भण्डारीले जानकारी दिनु भएको छ ।

    यस्ता छन् सम्मेलनका मुख्य आर्कषणहरु

    १, युथ एवं महिला इम्पावरमेण्ट देखि ब्यापार ब्यावसाय संचालनमा जान्नुपर्ने कानुनी विषय साथै इमिग्रेसनको बर्तमान अवस्था, दोहोरो नागरिकता लगायतका विषयहरुमा सरोकारवालासंग बहस ।

    २, रक्तदान, नेपाली हस्तकलाको प्रर्दशन र साहित्यिक समारोह

    ३, ब्यावसायिक  विकास र अनुभवको आदानप्रदानको अलावा ‘आर्टिफिसियल इन्टिलिजेन्स’को वारेमा पनि बहस र छलफल ।

    ४, नेपालको हिमाल, पहाड र तराई र पूर्वदेखि पश्चिमसंम्मको भवना जोड्ने सास्कृतिक झाकी तथा प्रस्तुतीहरु ।

    ५, त्यस्तै गायिका शशीकला मोक्तान, जुना प्रसाई लगाएतको प्रस्तुति रहने छ भने बे एरियाका स्थानीय कलाकारहरुको प्रस्तुति पनि समाबेश हुनेछ ।

    सम्मेलनको वारेमा बिस्तृत जानकारी https://ana1983.org मा  दिइएको छ भने साँकृतिक कार्यक्रमको लागि thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं