SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२२ गते
    १११३ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिका ।

    झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् ।

    पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडागाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् ।

    झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका खान न्युयोर्कमा बस्दै आएका थिए । आफूले बाल्टिमोरको रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती न्युयोर्कबाट हिडेको मेरिल्याण्डबाट उनका साथीहरुले जानकारी दिए छन् ।

    उनलाई आइतबारदेखि रेष्टुरेण्टमा काम खोजिदिएका थियौं । उनले सोमबार आउने बताएका थिए । तर उनी न्युयोर्कबाट मेगाबस शुक्रबार रातीमात्र हिडेका थिए । मेरिल्याण्डमा राती २ बजे बसबाट झरेका रहेछन् । शनिबार विहानमात्र उनीसँग सम्पर्क भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भएका हुन ।

    पहिले बाल्टिमोरमा नै काम गरेका उनी पछि न्युयोर्कमा गएका थिए । नेपालाबाट उनका बुबा अश्लम खानको अनुरोधमा आफूले अमनलाई बाल्टिमोरमा काम खोजिदिएर बोलाएको तर उनी त्यहाँ पुगेपछि बेपत्ता भएको बाल्टिमोरबाट धन थापाले बताएका छन् । विहान उनले आफू डिसी पुगेको बताएको र वरपर जंगल रहेको बताएको थापाले जानकारी दिए ।

    अमेरिका न्युयोर्कको समय अनुशार शनिबार विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्र्पक हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

    पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

    यता अमनको खोजीकार्य गर्नको लागि आफ्नो कार्यालयमा जानकारी आएको र सोहि अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको पर्वत नै घर भएका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए ।

    प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

    अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । अब खोजीका लागि भोलि आइसमा सम्पर्क गर्ने भण्डारीले बताए । भण्डारीले खोजीकार्य जारी राख्ने र उनलाई सकुशल फेला पार्ने आशा व्यक्त गरेका छन् ।

    अहिले अमनको मोवाइल अफ छ । सम्पर्क गर्न कोशिस गर्दा सम्पर्क हुन सकेको छैन । छोरा अचानक सम्पर्कविहिन हुँदा निकै आत्तिएका छौं ।’ सबै नेपालीले खोजी कार्य गर्दिन भन्दै बुबा अश्लम खानले अनुरोध समेत गरेका छन् । समाचार सहयोगी पुनम बसेल

    प्रतिकृया दिनुहोस्

    Loading...

    रामकुमारी र किसानलाई उचित जिम्मेवारी दिन्छौं :शंकर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार...

    ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्

    शिशिर उजाड,पोखरा ।जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ । वि.सं....

    रामकुमारी र किसानसहितका नेताहरू एमालेमा समाहित

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी...

    लायन्सको पिस पोष्टर प्रतियोगितामा विन्ध्येश्वरीका युनिशा प्रथम

    शिशिर उजाड,पोखरा ।लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम...

    माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

    कास्की ।कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं