
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहीँ चैत्र २७ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । शिविरमा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिने लक्ष्य लिईएको छ । शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई यातयातको व्यवस्था गरेको छ । शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।
शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ । शिविरमा १६ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।
गाउँपालिकाले विगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । स्वस्थ्य नै जीवन भएको बताउदै यहाँका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरेको अध्यक्ष गुरुङको भनाइ छ । शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो । 


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया