SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२७ गते
    ५४९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    हिमालयन टक्सले करिब डेढ वर्षदेखि अन्तर्क्रिया कार्यक्रम गर्दै आएको छ । यस संस्थाले विभिन्न क्षेत्रका विद्धान, दिग्गज र विज्ञलाई कार्यक्रममा बोलाई वैद्धिक, रचनात्मक, श्रृजनशिललगायत मनोरञ्जन कार्यक्रम गर्दै आएको छ र भविष्यमा पनि गर्दै जाने प्रतिवद्दता जनाएको छ । यसका मुख्य संस्थापक सुप्रीम गिरी हुन् ।

    उनी हाल उच्च शिक्षाका लागि अमेरिका गएका छन् । यस अर्थमा हाल अरु टिमले नेपालमा कार्यक्रम गर्दैछ र गिरीले पनि अमेरिकाबाटै नैतिक समर्थन जनाएका छन् । हाल यस संस्था मिलेन्द्र शर्मा, गगन आचार्य, मुकेश पाण्डे, ईश्वर प्रसाद गुरागाँई लगायतका टिमले चलाउँदै आएको छ ।

    हिमालयन टक्सले यसपटक भने “विद्यार्थीसँग धमला” नामक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । नेपाली पत्रकारिता क्षेत्रका वरिष्ठ पत्रकार, प्राइम टाइम टेलिभिजनका सञ्चालक, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला ज्यूलाई मुख्य आकर्षणका रूपमा यही फाल्गुन २८ गते सोमबारको दिन ट्रीटन कलेजमा यस कार्यक्रम हुनेछ । कार्यक्रम ग्याल्पो ल्हाेसारको दिन बिहान ९ बजेबाट सुरु हुनेछ ।

    कार्यक्रममा प्रि-इभेन्ट र पोस्ट इभेन्ट पनि हुनेछ । प्रि-इभेन्ट र पोस्ट इभेन्टमा भने नाचगानलगायत मन्तब्य राख्ने आयोजकले जनाएको छ । ऋषि धमलासँगको कार्यक्रमको समय अवधिभर टी. एन. भट्ट मध्यस्थकर्ता हुनेछन् । कार्यक्रममा धमलाले आफ्ना भोगाइ, पत्रकारिता, राजनीति, कलाकारिता लगायतका विषयमा बोल्नेछन् भने उनलाई विद्यार्थीले प्रश्नाेउत्तर गर्नेछन् ।

    आयोजकका अनुसार कार्यक्रम निकै उपलब्धिमूलक र रमाइलो हुने जनाइएको छ ।

    यस कार्यक्रममा सिसिए कलेज, टेच स्पाइर कलेज, सरल शिक्षा, प्रिन्ट संसार, यूटिसी, नेपाली पात्रो, प्राइम टाइम टेलिभिजन र ट्रीटन कलेज जोडिएका छन् । कार्यक्रम भने कोटेश्वर स्थित ट्रिटन कजेलमा सोमबार २८ गते ठीक ९ बजेबाट सुरु हुनेछ । यस कार्यक्रममा जो कोही पनि आएर सहभागि हुन सनिकेछ भने आउने व्यक्तिले धमलालाई प्रश्न सोध्न पनि पाउने छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं