
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौँ । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको छ । एक १२ वर्षिय बालक जो नेपाललाई अरु देशले उदाहरणका रूपमा लिनेसक्ने बनाउनका निम्ति कसरी के गरेर अगाडि बढ्नु पर्दछ भन्ने सपना बोकेर पुस्तक लेख्छन् ।
नेपालका विशिष्ट व्यक्तिहरुले नेपाललाई स्वीजरल्याड, जापान, सिङ्गापुर जस्तो बनाउँछौँ भन्दै दिनुभएको मन्तव्यहरुबाट कलिलो मानसिकतामा आफ्नै पहिचानसँग जोडेर विश्वको नमूना देश बनाउने चाहना बोकेर नेपाललाई नेपाल नै बनाउने चाहना आफ्ना कृतिहरु मार्फत प्रस्तुत गरेका छन् ।
ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययनरत १२ वर्षीय बालकले राष्ट्र र राष्ट्रियताप्रतिको भाव प्रकट गरेका छन् । अर्को पुस्तक कोभिड महामारीका बेलामा उनले रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरुका सङ्ग्रह मेरा बाल सिर्जनाहरु मार्फत प्रस्तुत गरेका छन् । यसैगरी विगत १८ वर्ष अगाडि नेपालमा चलेको संशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय र बालबालिका तथा किशोरकिशोरीका विभिन्न पीडादायक यथार्थ घटनासँग सम्बन्धित रहेर डा।देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरु सङ्ग्रहीत गरी ‘निलीमा र क्यामेरा’ कथासङ्ग्रह प्रकाशन गरिएको छ भने नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमीमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ नामक पुस्तक सहित चारवटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ ।
कार्यक्रममा प्रमुख आतिथि पूर्व परराष्ट्र मन्त्रि तथा वरिष्ठ साहित्यकार प्रदिप ज्ञवालीले बालकले लेखेका किताब नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेरे लेखेको पुस्तकले नेतृत्व गर्दै गर्नुभएका व्यक्तित्वहरुलाई समेत मार्ग दर्शनगरेको र हामीले हामी भित्र नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्नु कुरालाई बालकको पुस्तकले प्रेरित गरेको कुरा बताउनु भएको थियो । कार्यक्रमका प्रा।डा। दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका सबै कथाहरु किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभावहरु गहन रुपमा प्रस्तुत रहेको कुरा बताउनु भएको थियो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेज्यूले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै मजबुद र खारिदै जाउन भनेर शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष तथा साहित्यकार कमला परजुलीले एक घरका तीन सदस्यका चारवटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधाहरु मार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाहगर्नसक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्दै लेखकहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । समारोहमा बाल अधिकार अभियान्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बाल अधिकार आन्दोलन भित्र पनि बाल सहभागिताको विषय उठान गरेर नेपालमा बालक्लबले कानूनी मान्यता प्राप्त गर्नका निम्ति जिल्लादेखि सर्वोच्चसम्मको ढोका घचघचाएर नेपालमा बालक्लबलले कानूनी मान्यता प्राप्त गर्न सफल भएको कुरा लेखकले आफ्ना पुस्तक मार्फत प्रस्तुत गरेको कुरा उल्लेख गर्नुभएको थियो ।
समग्र नेपाली बालबालिकाको तर्फबाट बालबालिका तथा किशोरी प्रतिनिधि, ग्लोबल गल्स लिडर एडभाइजरी गु्रपकी सदस्य सबनम सुनारले तीनै जनाको पुस्तकका विषयमा उल्लेख गर्दै बाल बालिकाका निम्ति यी पुस्तकहरु उपयोगी र हामी बालबालिकाका लागि पनि प्रेरणाको स्रोतको रुपमा रहेको कुरा बताउनु भएको थियो ।
लेखकहरूका बुवा होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखक तिलोत्तम पौडेलले गर्नुभएको थियो भने स्वागत डा। देवकी आचार्यले गर्नुभएको थियो । कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरु कोभिड महामारीका बेलामा लकडाउन चलिरहेको समयमा साहित्य रचना गरी पुस्तकाकार रूप प्रदान गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताएका छन् । कार्यक्रममा बाल अधिकार, मानव अधिकारलगायत साहित्यका क्षेत्रका अग्रजहरु सहित करिब २ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया